७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नयाँ युगको थालनि




लेखक✍️ सत्य पहाडी- आज जेष्ठ १५ गते गणतन्त्र दिवस । ऐतिहासीक जनयुद्ध , संयूक्त जनआन्दोलन र जनजाती आन्दोलनको बलमा संबिधान सभा मार्फत नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । संघिय लोकतान्त्रिक गणतनत्रको औचित्य एवम महत्वलाई थप सुदृढ गर्न र प्रेरणा प्राप्त गर्न आजको दिनलाई गणतन्त्र दिवसको रुपमा मानाउने गरिएको छ ।

गणतन्त्र दिवस परिवर्तनका निम्ति जीवन उत्सर्ग गर्ने तमाम बिर शहिदहरु, परिवर्तनको पक्षमा रगत पसिना बगाउने सबै वीर वीरंगनाहरु प्रतिको सम्मान, प्राप्त उपलब्धिहरु प््रतिको गौरवका साथै तमाम परिवर्तनका पक्षधरहरु र गणतान्त्रिक मुलुकको निम्ति विशेष उत्सव पनि हो ।

आम परिवर्तनकामीहरुको आस्था, विश्वास,र प्रतिवद्दताको प्रतिक पनि हो । गणतन्त्र पुर्वको अवस्थाबाट प्रशस्त लाभ लिएका सिमीत सत्तारुढ वर्ग र त्यसबेलाको कठोर परिवेशबारे प्रयाप्त जानकारी नभएका कतिपय नव युवाहरुले संघिय लोकतान्त्रिक गणतन्त्रको बारेमा हलुका टिप्पणी गर्ने गरेको भए पनि आम परिवर्तनकामी र न्याय प्रेमी जनसमुदायको दशकौं देखिको सपना र आकांक्षा हो । अनवरत निष्ठा, त्याग र संघर्षको प्रतिफल हो । राज्यको एकात्मक र केन्द्रिकृत चरित्र, वंशवादमा आधारित शासन ब्यवस्था माथी जनताको संघर्षले प्राप्त गरेको सफलता हो ।

 बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक र भौगोलिक बिभिधताक्त नेपालमा बिद्यमान वर्गिय, जातीय, क्षेत्रीय, लैंगिक र सांस्कृतिक समस्या हल गर्न, गणतन्त्र, संघियता, समावेशीता र सामाजिक न्यायका तमाम ऐजेण्डाहरुको सकारात्मक संवोधन संघिय लोकतान्त्रिक गणतन्त्रको प्रमुख अन्तरबस्तु हुन । यसलाई नेपाली बिशेषताको लोकतन्त्रको रुपमा बझ्ने र ब्याख्या गर्ने समेत गरिएको छ । समाजवाद उन्मुख राज्यको चरित्रले संघिय लोकतान्त्रिक गणतन्त्रको मौलिक चरित्र एवम विशेषतालाई स्पस्ट गरेको छ ।  

  संघियता मार्फत राज्य जनताको नजिकमा पुग्नु, समावेशी ब्यवस्था मार्फत राज्य ब्यवस्थामा सबै वर्ग, लिंग, जाती समुदाय को पहुच र सहभागिताको अर्थपुर्ण ब्यवस्था हुनु गणतन्त्र मार्फत जनताबाट छोराछोरी राज्यका शिर्ष स्थानमा पुग्नु र हुकुमी तन्त्रबाट मुक्त हुनु, गासबास शिक्षा,स्वास्थ्य, रोजगारी लगायत महिला, दलित लगायतका सामाजिक न्यायको बिषयहरुलाई नागरिुकको मौलिक अधिकारको रुपमा ब्यवस्था गरी राज्यको दायीत्व बनाउनु संघिय लोकतान्त्रिक गणतन्त्रका प्रमुख उपलब्धिहरु हुन । 

यस अतिरिक्त जनमतबाट शान्तिपुर्ण रुपमा ब्यवस्थाको परिवर्तन गर्न पाउने संबैधानिक ब्यवस्थाअर्को महत्वपुर्ण बिशेषता हो । समग्रमा यो आर्थिक समृद्धि र सामाजिक न्यायको लागि संबैधानिक सुनिश्चिता हो यस अर्थमा संभिय लोकतान्त्रिक गणतन्त्र केवल नया राजनितिक त्तयवस्था मात्र होईन नया युगको थालनि पनि हो ।नया आशा बिश्वास र भविश्यको प्रतिबिम्वन पनि हो ।

संबिधानमा गरिएका ब्यवस्थाहरु क्ेवल आत्म सम्मान र गौरवका बिषय मात्र नभएर आम नेपालीका लागि अवसर र प्रेरण पनि बनिरहेका छन । कतिपय क्षेत्रमा सयौं बर्षमा नभएका आर्थिक सामाजिक बिकासका प्रतिफलहरु गणतन्त्र घोषणा पछिको दुई दशक पुरा नहुदै हासिल भईरहेका छन । अमm थप प्रतिफल हासिल गर्ने हुटहुटी समेत जन्मीरहेको छ । गरिवी निवारण, जलबिधुत उत्पादनको क्षेत्र, संचार, सडक लगायतका अन्य पुर्वाधारका क्षेत्रमा, पछाडी परेको वर्ग, जाती, क्षेत्र, लिंग र समुदायमा पैदा भएको जागरण, आत्म बिश्वस र सहभागिताको अवसर आर्थिक सामाजिक रुपान्तरणको अर्को महत्वपुर्ण आयम हो ।

संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना स्थापना संगै प्राप्त भएका उपरोक्त उपलब्धिहरुको बावजुध अपेक्षित उपलब्धिहरु हासिल गर्ने कुरामा भने केहि सिमाहरु प्रकट हुने गरेका छन । उन्नत राजनितीक ब्यवस्था र अबिकसित आर्थिक सामाजिक अवस्था बिचको अन्तरबिरोध वर्तमानको प्रमुख समस्या एवम चुनौती बन्न पुगिरहेको छ ।

शिग्र परिणमको जन अपेक्षा, राजनीतिक अस्तिरता, निती एक पक्षको , नेतृत्व अन्य पक्षको हुनु राज्यको राजनीतिक संरचना बाहेक अन्य स्वरुपहरु परम्परागत ढाचा र शैलीको हुन, राजनीतिक र आर्थिक निती बिचको अन्तर वर्तमानका प्रमुख अन्तरबिरोधहरु हुन । यस अलवा परिवर्तित राज्य ब्यवस्था अनुरुप नयाँ सांसकृतिक मुल्य स्थापित हुन नसक्नु अर्को सीमा एवम कमजोरीको रुपमा प्रकट भएको छ ।यद्यपी यतिबेला प्राप्त उपलब्धि, सीमा र समस्याको तुलना गर्दा मुल पक्ष उपलब्धि हो । तसर्थ प्रापत उपलब्धिहरु प्रति गर्व गर्दै सीमा समस्याहरुलाई सामाना गर्न थप दृढताका साथ अगाडी बढ्नु पर्ने हुन्छ ।

प्राप्त उपलब्धिको रक्षा सुदृढीकरण र थप बिस्तारको लागि आर्थिक बिकासको लया मोडेल, संस्थागत सुधार, नयाँ सांस्कृतिक मुल्य बोधको आवश्यकता देखिएको छ । संघिय लोकतान्त्रिक गणतन्त्र न त गणतन्त्रात्म ब्यवस्था हो न त परम्परागत संसदीय प्रणली नै हो । यो नेपाली विशेषतामौलिकता सहितको नयाँ लोकतान्त्रिक प्रणाली हो ।

समाजवाद तर्फको मmुकाव नेपाली लोकतान्त्रिक प्रणालीको विशिष्टता हो । यो वास्तविकतालाई आत्मसाथ गरेर मात्र नयाँ अर्थनीती, नयाँ संस्कृती र नयाँ कार्यशैली निर्माणको दिशामा अगाडी बढ्न सक्छौं । १७औं गणतन्त्र दिवसले हामी सबैलाई यही प्रेरणा प्रदान गरोस भन्ने शुभकामना ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ७ : २१ बजे