७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सरकारी कार्यालयमा विदेशी गलैँचा प्रयोगमा रोक



काठमाण्डौ जेठ १५, – सरकारी कार्यालयहरूमा अबदेखि विदेशी गलैँचा प्रयोग गर्न नपाइने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयहरूमा स्वदेशी गलैँचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताउनुभएको छ । यसले स्वदेशी गलैँचा उद्योगलाई प्रोत्साहन मिल्ने बजेटमा उल्लेख छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  १२ : १५ बजे