८ श्रावण २०८१, मंगलबार | Wed Jul 24 2024

घरको पीढीमा छोरालाई पर्खदै ६५ वर्षीय बृद्ध आमा



शिवानी विक बाँके जेठ १८, बैजनाथ गाउँपालिका वडा नम्बर ८ की ६५ वर्षीया सितानी थारुले आफ्नो छोरालाई नभेटेको पनि ८ वर्ष भयो । छोरा आउछकी भन्ने आश अहिले पनि उनलाई लागि रहन्छ । उनी राती अबेरसम्म छोरा आउने आशाले घर बाहिरै कुरेर बस्छिन् । तर छोरा भने अहिले सम्म फर्किएनन् । उनलाई त्यो पीढी, आँगन र घर निकै प्यारो लाग्छ । जुनबेला उनका छोराछोरी, श्रीमान् संगै थिए ।

श्रीमानको मृत्यु भए पश्चात साहारा विहीन बनेकी उनलाई पानी दिने कोही छैनन् । छोरा पनि हराए, छोरीले पनि विवाह गरेर अर्काको घरमा गैसकेकी छिन् । घरमा एक्लै ओहोरदोहोर गर्छिन् । बुढेसकाल लागे सँगै विभिन्न रोगले च्याप्दै ल्याएको छ ।

हात खुट्टा दुख्दा उठ्न बस्न पनि गाहे हुन्छ उनलाई । भोको पेटले खाना खोजिहाल्छ, बिहान–बेलुकी छाक टार्न चुलो बाल्नै प¥यो । सकी–नसकी भए पनि एक गिलास पानी तताएर खानै प¥यो उनि भन्छिन् साझ, विहान खाना पकाउदा यी बूढी आमालाई हराएका छोराको यादले निकै पिरोल्छ ।

एक दिन आमा खाना पस्कनु त भन्दै छोरा आउने उनलाई आशा जाग्छ । आफ्नो छोरा भेट्ने अन्तिम इच्छा राखेर बाँचेको बताउने उनि ‘भगवानले दिएको उपहार भगवानले नै पूरा गरिदिने आशावादी रहेको बताउछिन् ।

उनका श्रीमान् बैफे प्रसाद थारुको मृत्यु भएको पनि १० वर्ष भयो । बाँकेको बैजनाथमा बसोबास गर्दै आएका सितानीका छोरा सुभाष कुमार थारु २०४७ सालमा जन्मेका थिए । पिताको मृत्युपछि उनले आमाको सुख दुखमा समेत साथ र सहयोग गर्थे । कोहलपुरमा बैंकको खाता खोल्न जान्छु आमा भनेर हिनेका छोरा अहिलेसम्म पनि फर्केका छैनन् । २०७४ माघ १२ गते हिँडेका छोरा ८ वर्ष पूरा पुरा हुँदा पनि फर्केका छैनन् ।’ गहभरि आँसु झार्दै बूढीआमा भन्छिन्– ‘छोरा आउँछ भन्ने आशाले नै जीवित छु ।’

‘बिरामी छु, अस्पताल जान सक्दिनँ, छोरा सँगै भएको भए अस्पतालमा जचाउन लैजान्थ्यो होला’, उनले दुःखेसो पोख्दै भनिन्– ‘मेरो दुःख बुझ्ने एउटा छोरी थिई उसले पनि विवाह गरेर गई । छोरा बेखबर भएको पीडामा छटपटाउदै आएकी सितानीले छोराको खोजी गरि सहयोग गरि दिन आग्रह गरेकी छिन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ८ : ५४ बजे