७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

अटल समर्थनका लागि समर्थकलाई रोहितले दिए धन्यवाद



काठमाण्डौ असार ३, – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अटल समर्थनका लागि समर्थकलाई धन्यवाद दिएका छन् ।

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज बिहान बङ्ग्लादेशसँगको खेलमा पराजित भएपछि भएको पत्रकार सम्मेलनमा रोहितले विश्वको जुनसुकै कुनामा गए पनि नेपाली समर्थकले हौसला दिएको भन्दै भावुक पनि बनेका छन् । नेपाली टोलीको प्रदर्शन जस्तो सुकै भए पनि समर्थकको उत्साह र हौसलामा कमी नआएको भन्दै उनले धन्यवाद दिएका छन् ।

दक्षिण अफ्रिकासँगको खेल १ रनले हारेपछि मैदानमा धेरै दर्शक रोएको भिडियो आफूले हेरेको र यो दृष्यले निकै दुःखी बनाएको कप्तान रोहितको भनाइ छ । ‘हाम्रा फ्यानहरूप्रति धेरै आभारी छौँ, अहिले हामीले गुमाएको उपहार भविष्यमा पुनः प्राप्ति गरेर समर्थकहरूलाई दिनेछौँ’, उनले भने ।

नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको तर विश्वस्तरमा आफ्नो रणनीति र भूमिकामा अझै स्पष्टता आवश्यक रहेको कप्तान पौडेलले बताएका छन् ।

प्रकाशित मिति : ४ असार २०८१, सोमबार  ११ : ५४ बजे