७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

गृहमन्त्रीलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न एमाले नेताहरूको आग्रह



काठमाण्डौ असार १२, – नेकपा (एमाले) काठमाण्डौ जिल्ला कमिटीले काठमाण्डौमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ ।

नेकपा ९एमाले० का नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाण्डौ जिल्ला कमिटीका नेताहरूले गृहमन्त्री रवि लामिछानेलाई भेटेर काठमाण्डौमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मितिलाई पछि धकेल्न आग्रह गरेका हुन् ।

सरकारले सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै काठमाण्डौलगायतका २८ वटा जिल्लामा आउँदो साउन १ गतेदेखि अनिवार्य प्रयोगमा ल्याउनुपर्ने समय सीमा तोकेको छ । वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा भत्ता लिनका लागि पनि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र चाहिने भएपछि समयमै राष्ट्रिय परिचयपत्र नहुँदाको अवस्थामा भत्ता नरोक्न नेताहरूले माग गरेका छन् ।

काठमाण्डौका पालिकाहरूमा सीमित स्रोत, साधन रहेको र समयमै सबैलाई परिचयपत्र उपलब्ध गराउन नसक्ने भन्दै समयावधिमा पुनर्विचार गर्न गृहमन्त्रीलाई आग्रह गरिएको नेता कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।

नेता श्रेष्ठले आवश्यक पर्दा समय थप गर्न आग्रह गरिएको र गृहमन्त्रीले सकारात्मक रूपमा लिनुभएको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय परिचयपत्र प्रभावकारी र सहज रूपमा नागरिकले पाउनुपर्ने भन्दै गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : १३ असार २०८१, बुधबार  १० : ५७ बजे