७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित



काठमाण्डौ असार १७ – प्रतिनिधि सभा बैठकमा सरकारको एकजना पनि मन्त्री उपस्थित नभएपछि १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित भएको छ । आज ११ बजेका लागि बोलाइएको बैठक करिब १७ मिनेट ढिला शुरु भएको थियो ।

सभामुख देवराज घिमिरेले बैठक शुरु भएको जानकारी गराउना साथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो । सभामुख घिमिरेले सांसद् यादवको कुरा ध्यानाकर्षण भएको भन्दै बैठक १५ मिनेटपछि बस्नेगरी स्थगित गर्नुभएको थियो । अहिले संसद् बैठक चलिरहेको छ ।

प्रकाशित मिति : १८ असार २०८१, सोमबार  ९ : ०२ बजे