६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

एभरेष्ट महिला फ्रेन्चाइज भलिबल लिग हुर्दै



काठमाण्डौ असार २२, – नेपाल भलिबल सङ्घले इन्फिनिटी ड्रिम्स प्रालिलाई ुएभरेष्ट महिला भलिबल लिगु सञ्चालन गर्न अनुमति दिएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबाहदुर चन्द र इन्फिनिटी ड्रिम्स प्रा।लि।का प्रबन्ध निर्देशक आमिर अख्तरबीच प्रतियोगिता सञ्चालन गर्ने विषयबारे सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार ड्रिम्सले छ टोलीबीच फ्रेन्चाइज भलिबल लिग गराउने प्रा।लि।का निर्देशक अख्तरले बताउनुभयो । उहाँले भलिबलमार्फत महिला खेलाडीलाई सशक्तिकरण गर्नुका साथै भलिबल खेलको विकास र बिस्तारमा सहयोग पुर्‍याउने बताउनुभयो । सो सम्झौता सात वर्षका लागि गरिएको हो ।

अध्यक्ष चन्दले इन्फिनिटी ड्रिम्सले गरेको सहयोगले भलिबल खेललाई व्यावसायिक रूपमा अघि बढाउन सहयोग पुग्ने बताउनुभयो । लिगका माध्यमबाट खेलाडीलाई भलिबल खेलप्रति आकर्षित गर्न र अन्तर्राष्टियस्तरका प्रतियोगितामा खेल प्रदर्शन गर्न सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । लिग शुरु हुने समय भने पछि तय गरिने सङ्घले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, शनिबार  ८ : ३६ बजे