६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

जोखिम न्यूनीकरणका लागि प्रभावकारी पहल र व्यवस्थापन हुन नसकेको प्रति सांसदमा ध्यानाकर्षण



काठमाण्डौ असार २४, – प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरो र डुबानबाट भइरहेको क्षतिका विषयमा सरकारको ध्यानाकर्षण गर्दै उद्धार, राहात र व्यवस्थापकीय कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको आकस्मिक समयमा प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले मनसुन शुुरु भएको छोटो समयमा नै ठूलो जनधनको क्षति भएको र जोखिम न्यूनीकरणका लागि प्रभावकारी पहल र व्यवस्थापन हुन नसकेको बताउनुभयो ।

सांसद लक्ष्मी तिवारीले संघ, प्रदेश र पालिका तीनै तहलाई विपद जोखिम न्युुनिकरण र व्यवस्थापनका लागि आवश्यक तालिम लगायतका क्षमता वृद्धिको काम गर्न आग्रह गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य अच्युतप्रसाद मैनालीले बाढी पहिरोमा बेपत्ता भएकाको खोजी, घाइतेको निःशुल्क उपचार, राहत र जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद विद्या भट्टराईले बाढी र पहिरोका कारण विभिन्न राजमार्गसँगै ग्रमिण सडकहसमेत अवरुद्ध भएको हुँदा उद्धार र राहतमा समस्या भइरहेको भन्दै समयमा नै सञ्चालन गर्न पनि सांसदहरुले माग गर्नुभएको छ ।

सांसद किरणकुमार साहले मनसुन शुरु भएसँगै बाढीपहिरोको जोखिममा बढेको भन्दै पूर्वतयारीमा सरकारको तयारी कमजोर रहेको बताउनुभयो ।

सांसद वासुदेव घिमिरेले पनि बाढीपहिराका कारण धनजनको क्षति भएको भन्दै विपद् व्यवस्थापन र पुनःस्थापनामा लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २५ असार २०८१, सोमबार  ११ : ४२ बजे