६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

बाघको आक्रमणबाट दाङमा ३ जना महिला घाइते



दाङ असार २४, – दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिकामा रहेको नवदुर्गा सामुदायिक वनमा च्याउ खोज्न गएका महिला आज बिहान साढे ६ बजेतिर बाघको आक्रमणका परेका प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा तुलसीपुर–९ बेलुवाकी ४५ वर्षीया कमला केसी, ५२ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

बाघको आक्रमणबाट घाइते भएका तीनै जनाको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । आक्रमण गर्ने बाघ जङ्गलतर्फ भागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८१, सोमबार  १२ : ०० बजे