६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

युक्रेनमा भएको पछिल्लो क्षेप्यास्त्र आक्रमणको अमेरिकी राष्ट्रपति बाइडेनद्वारा निन्दा



एजेन्सी असार २५- अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा गरेको पछिल्लो क्षेप्यास्त्र आक्रमणको निन्दा गर्नुभएको छ । साथै उहाँले किएभको हवाई प्रतिरक्षालाई बलियो बनाउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ ।

रुसले हिजो युक्रेनको राजधानी किएभको एउटा बाल अस्पतालसहित मध्य र पूर्वी क्षेत्रमा दर्जनौँ मिसाइल आक्रमण गरेको थियो । आक्रमणमा ४१ जनाको ज्यान गएको छ । झन्डै दुई सय जना घाइते भएका छन् ।

राष्ट्रपति बाइडेनले अमेरिकाको वाशिङ्टनमा हुने नेटो शिखर सम्मेलनमा युक्रेनको हवाई प्रतिरक्षामा थप वृद्धिको घोषणा गरिने बताउनुभएको बीबीसीले जनाएको छ ।

युक्रेनको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बस्दैछ । राजधानी किएभमा भएको आक्रमपछि त्यहाँका मेयर भिटाली क्लित्सकोले आज शोकको दिनका रुपमा घोषणा गर्नुभएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार  १२ : ०६ बजे