६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति इङ्गल्यान्ड र नेदरल्यान्ड्स खेल्दै




एजेन्सी असार २६, – युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति इङ्गल्यान्ड र नेदरल्यान्ड्स खेल्दैछन् । यो खेल राति पौने १ बजे जर्मनीको सिग्लन इडुना पार्कमा शुरु हुनेछ ।

इङ्गल्यान्डले स्विट्जरल्यान्डलाई हराएर र नेदरल्यान्ड्सले टर्कीलाई हराएर अन्तिम चारमा पुगेका हुन् । आजको खेलको विजेताले उपाधिका लागि स्पेनसँग आउँदो आइतवार खेल्नेछ ।

गएराति भएको खेलमा फ्रान्सलाई २–१ गोलले हराउँदै स्पेन उपाधि नजिकै पुगेको हो । खेलको आठौँ मिनेटमा कोलो मुआनीले गोल गरेर फ्रान्सलाई अग्रता दिलाएका थिए । तर २१ औँ मिनेटमा यमल र २५ औँ मिनेटमा ओल्मोले गोल गरे र स्पेनलाई फाइनलमा पुर्‍याए ।

प्रकाशित मिति : २७ असार २०८१, बुधबार  ११ : १७ बजे