७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

विश्वको अर्थतन्त्रमा इजरायल र गाजा युद्ध तथा लाल सागर आक्रमणले खतरामा



काठमाण्डौ फागुन १, – इजरायल र गाजाबीचको युद्धका कारण लाल सागर क्षेत्रमा भइरहेको आक्रमणले विश्वको अर्थतन्त्र खतरामा परेको अन्तर्राष्ट्रिय मुद्राकोष ९आइएमएफ० र विश्व बैंकले जनाएका छन् ।

लाल सागरको माध्यमबाट ढुवानीसँग सम्बन्धित लगातारको आक्रमणले यसअघि नै मध्यपूर्व र उत्तरी अफ्रिका क्षेत्रको अर्थतन्त्रलाई प्रभावित पारिसकेको र युद्ध जारी रहे विश्वमा नै असर पर्नसक्ने आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभालार्य उदृत गर्दै एफपीले जनाएको छ ।

यसैबीच, यमनका इरान समर्थित हुथी विद्रोहीहरूले समेत महत्त्वपूर्ण सामुद्रिक मार्गतर्फ जाने लाल सागरका जहाजमा आक्रमण गरिरहेका खबरमा उल्लेख छ । हुथीहरूले गाजामा प्यालेस्टिनीहरूसँगको सहकार्यमा इजराइलसँग सम्बन्धित ढुवानीलाई निशाना बनाइरहेको बताएका छन् ।

यसबाट केही मालवाहक जहाज आक्रमणबाट बच्नका लागि लामो र धेरै महँगो मार्गहरू प्रयोग गर्न बाध्य भइरहेका छन् । यसका कारण गएको महिनाको अन्त्यमा व्यापार तथा विकाससम्बन्धी व्यापारिक यातायातको मात्रा ४० प्रतिशतभन्दा धेरैले घटेको आइएमएफले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ४ : ३२ बजे