७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

युक्रेनले अव्डिभका सहरबाट रुसले कब्जा गर्न थालेपछि सेनालाई फिर्ता बोलायो




एजेन्सी फागुन ५, रुसले कब्जा गर्न थालेपछि युक्रेनले पूर्वी सहर अव्डिभकाबाट आफ्ना सेनालाई फिर्ता हुन आदेश दिएको छ ।

युक्रेनी सशस्त्र सेनाका कमान्डर ओलेक्जेन्डर स्टिरस्कीले आफ्ना सेनालाई फिर्ता बोलाइएको बताएका बीबीसीले उल्लेख गरेको छ । अव्डिभका सहरलाई रुसी सेनाले घेरा हालेर राखेका छन् । एकरदुई दिनमा युक्रेनी सेना फिर्ता नभएमा ठूलो क्षति हुने देखेपछि फिर्ता बोलाइएको खबरमा उल्लेख छ ।

‘सयौँ सैनिकको जीवन र स्वास्थ्य जोगाउन हामीले सहरबाट उनीहरूलाई फिर्ता बोलाएर रक्षात्मक हुने निर्णय गरेका हौँ’, सेनाका कमान्डर स्टिरस्कीले भन्नुभएको छ ।

युक्रेनमा पछिल्लो समय केही कमजोर देखिएको रुसी आक्रमण फेरि बढिरहेको छ । अहिले कब्जा गर्न थालेको अव्डिभका सहर डोनेट्स्क क्षेत्रको प्रमुख र ठूलो सहर हो । यो सहर रुसले कब्जा गरेमा युक्रेनलाई गम्भीर धक्का पुग्ने खबरमा उल्लेख छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १ : ३६ बजे