७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनबाट संगठनको नाम परिवर्तन



काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को नाम परिवर्तन भएको छ । अखिल (क्रान्तिकारी) को जारी २३ औं राष्ट्रिय सम्मेलनको बन्द सर्तले संगठनको नाम परिवर्तन गरेको हो ।

विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थीको संगठनको राष्ट्रिय सम्मेलनले नाम परिवर्तन गरेर अखिल (समाजवादी) राख्ने निर्णय गरेको छ । सम्मेलनले विधान र प्रतिवेदन पनि पारित गरेको नेकपा स्थायीसमिति सदस्य तथा फ्याक्सन इन्चार्ज शिलु सीले बताइन् ।

कीर्तिपुरस्थित त्रिविको हलमा जारी सम्मेलनले विधान र प्रतिवेदन पारित गरेको छ भने बुधबार नेतृत्व चयन गर्ने छ । बुधबार विहान ८ बजेबाट सुरु हुने बन्दसत्रमा महासचिव विप्लवले सम्बोधन गर्ने कार्यसूची रहेको थियो । बन्दसत्रले मदन, विनोद, विज्ञान, यशोदा र कमलसहितका अध्यक्ष मण्डल घोषणा गरेको विद्यार्थी नेता मदन सीले जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ८ : ४४ बजे