७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

परालमा आगलागी : घटनास्थलमै पुगे वडा अध्यक्ष कठायत




कोहलपुर बाँके फागुन १३- जिल्लाको कोहलपुर नगर पालिका वडा नम्बर २ शक्तिनगरमा लागेको आगो नियन्त्रमा आएको छ । आइतबार अपराह्न साडे ४ बजे जनक बहादुर शाहीको घरनजिकै थुपारिएको परालको खातमा आगलागी भएको थियो ।
थुपारिएर राखेको परालमा बालबालिकाले खेलाइरहेको अवस्थामा आगलागी भएको थियो । आगो नियन्त्रणका लागि कोहलपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरि कठायय घटना स्थलमा आफै पुग्नु भएको थियो ।

कोहलपुर नगरपालिका बाट आएको दमकल स्थानीय नागरिक र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगोले आसपासका घर तथा विद्युत तारमा ठूलो क्षती पुर्याउने अवस्थाबाट जोगिएको कोहलपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरि कठायतले जानकारी दिनु भयो । आगलागी भएको खबर फाेनबाट पाए लगत्तै नगरपालिकाको दमकल लिएर आगो नियन्त्रणका लागि खटिएको अध्यक्ष कठायतले बताउनु भयो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ५ : २२ बजे