७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

राष्ट्रिय सभा अध्यक्षमा माओवादीको दावी रहने जनार्दन शर्माको भनाइ



काठमाडौँ ( नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रियसभाको अध्यक्ष माओवादीबाटै हुने बताउनु भएको छ ।

प्रतिनिधिसभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै शर्माले राष्ट्रियसभामा सबैभन्दा ठूलो दलको हैसियतले माओवादीको दावी रहने र आफ्नै दललले राष्ट्रियसभा अध्यक्ष पाउने बताउनु भएको हो ।

‘सबैभन्दा ठूलो दल हाम्रो हो, उसले दाबी नगरेर अरु कसले गर्छ रु व्यक्तिगत रुपमा कांग्रेसलाई दिने भन्ने कुरा कसले कहाँ गर्‍यो, हामीलाई थाहा छैन । संस्थागत रुपमा कुनै सहमति भएको छैन । सत्ता आलोपालोका होला त्यती वेला तहामी संसदमा नि हुँदैनौ सरकारमा पनि हुँदैनौ ।’ शर्मा भन्नुभयो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  २ : १६ बजे