७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

डिभाइडर हटाउन विद्यार्थीको माग



कोहलपुर बाँके फागुन १५, ( बाँकेको कोहलपुरमा सडक पार गर्ने स्थानमा डिभाइडर हटाउन विद्यार्थीले माग राख्दै आन्दोलनमा उत्रिएका छन् । सडक पार गर्ने स्थानमा डिभाइडर राख्दा रोक्रस गर्दा अवरोध भएको भन्दै नेपालगञ्ज कोहलपुर सडकखण्डमा सवारी आवतजावतमा बागेश्वरी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले रोक लगाएका हुन् ।

केही दिन अघि मात्र कोहलपुर नगरपालिकाले एक स्थानबाट अर्को स्थानमा सार्दै विभिन्न स्थानमा डिभाइडर राखेको थियो । बागेश्वरी क्याम्पस अगाडी डिभाइडर राखी विद्यार्थीहरुलाई समस्या भएकोले आन्दोलन नै गर्नुपरेको स्ववियू सभापति दवेन्द्र बुढाले जानकारी दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ११ : ५४ बजे