७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

फुटपाथ व्यवसायी र नगर प्रहरीबीच काठमाण्डौमा झडप



काठमाण्डौ फागुन १७, – फुटपाथ व्यवसायी र नगर प्रहरीबीच काठमाण्डौको सुन्धारामा झडप भएको । हिजो बुधबार बेलुकी भएको झडपमा दुवै पक्षका केही घाइते भएका छन् ।

सात जना नगर प्रहरीसहित केही फुटपाथ व्यवसायी पनि घाइते भएका महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिनुभयो ।

घाइते सबैको वीर अस्पतालमा रहेको ट्रमा सेन्टरमा उपचार भइरहेको उहाँले बताउनुभयो । काठमाण्डौ महानगरपालिकाले राति ९ बजेपछि फुटपाथ व्यवसाय राख्न दिने निर्णय गरेकोमा व्यवसायीले हिजो बेलुका ७ बजे नै फुटपाथमा पसल राख्न थालेको र नगर प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको महानगरले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ४ : ५७ बजे