७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेदरल्यान्ड्ससँगको फाइनलमा नेपाल टस जितेर ब्याटिङ गर्दै



काठमाण्डौ फागुन २२ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले टस जितेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपाली टोलीका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपाली यसअघिको खेलको टोलीलाई नै निरन्तरता दिएको छ ।

यस्तो छ नेपाली टोली–

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, गुल्सन झा, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी र अविनाश बोहरा ।

नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्कसहित शीर्ष स्थानमा रहेर र नेपाल उति नै खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा रहेर फाइनलमा पुगेका हुन् । नामिबिया ४ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ६ : ०८ बजे