७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

कांग्रेस सभापति नेपाली माथि आक्रमणको प्रयास



बर्दिया । बढैयाताल गाउँपालिका सभापति भगत नेपालीमाथि बिहीबार बिहान आक्रमण प्रयास भएको छ । आज बिहान करिब ५ बजे बढैयाताल ६ स्थित घरबाट नेपालगन्ज जाने क्रममा मानझुण्डी सामुदायिक वनमा एक समूहले मोटर साईकल रोकेर आक्रमणको प्रयास गरेका थिए ।

ज्यान जोगाउन जंगलभित्र भाग्ने क्रममा उनी घाईते भएका छन् । उनको नेपालगन्जस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरले घटनाको जानकारीपछि अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  २ : ५१ बजे