७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आजबाट मुस्लिम समुदायको रमजान सुरु, अध्यक्ष शाहद्वारा शुभकामना व्यक्त



का्ेहलपुर बाँके फागुन २९, । आजबाट मुस्लिम समुदायको रमजान सुरु भएको छ । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले इस्लाम धर्मावलम्बीको महानपर्व रमजानको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ ।

रमजानका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले यस पर्वले आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै धार्मिक सांस्कृतिक सद्भाव र भातृत्वको विकास गर्न सबैलाई प्रेरणा दिने उल्लेख गर्नु भयो ।

अध्यक्ष शाहले सन्देशमा भन्नुभएको छ, “बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक, बहुजातीय समुदाय र भौगोलिक विविधता हाम्रो देशका पहिचान हुन्, हाम्रो संविधानले सबै धर्म, भाषा, संस्कृति, सम्प्रदाय, जाति र भूगोलको समान अस्तित्वलाई स्वीकार गरेको छ ।”

सन्देशमा नेपाली विविध धर्म, संस्कृति, चाडपर्व र परम्पराका धनी रहेको उल्लेख गर्दै उहाँले यहीँ विविधताले नै विश्वमै नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको बताउनु भयो । सन्देशमा भनिएको छ, “यस्ता चाडपर्व र संस्कृतिहरुले नेपालीहरुको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्, यहीँ विविधताभित्र रहेको इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व रमजान पनि एक रहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : ४५ बजे