७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

युरोप जान लागेका ६० जना आप्रवासीको मृत्यु



काठमाडौं २ चैत्र, – अफ्रिकाबाट अवैधरुपमा लिबिया हुँदै युरोप जान लागेको आप्रवासी सवार कम्तीमा ६० जनाको मृत्यु भएको छ। सामुद्रिक क्षेत्रमा मानवीय सहायता गर्दै आएको एसओएस मेडिटेरेनियनले डुंगाबाट २५ जनाको जिवितै उद्धार गरेको छ। उद्धार गरिएका आप्रवासीका अनुसार लिबियाको उत्तरी तटस्थित जावियाबाट गत हप्ताको शुक्रबार उनीहरु युरोपका लागि प्रस्थान गरेका थिए।

तीन दिनको यात्रापछि रबरको डुंगाको इन्जिन फेल भएको थियो। इन्जिन फेल भएपछि समुद्रमा अलपत्र परेको डुंगामा खाना र पानीको अभावमा यात्रुहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।
मृत्यु हुनेमा एक बालकसहित कयौँ महिलासमेत छन्।

एसओएस मेडिटेरेनियनका अनुसार समुद्रमा डुंगा देखेपछि इटलीको कोष्ट गार्डको सहयोगमा उद्धार गरिएको हो। उद्धार गरिएका व्यक्तिहरुको स्वास्थ्यसमेत नराम्रोसँग बिग्रिएको छ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ५ : २० बजे