७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

प्रेम प्रस्ताव अस्वीकार गर्दा हत्या




काठमाडौं चैत ४ ( नेपाल प्रहरीको गोकर्णेश्‍वर नगरपालिका(३ बस्ने १८ वर्षीया सुष्मा लामाको हत्या गरेको अभियोगमा सोही नगरपालिका(३ तारेभिर बस्ने २१ वर्षीय रूपेन्द्र लामालाई पक्राउ गरेको छ ।
सुष्मा एक्लै कलेज गईरहेको अवस्थामा बाटो छेकी प्रेम प्रस्ताव राखेकोमा ईन्कार गरेपश्चात रूपेशले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएपछि प्रहरीले लामालाई पक्राउ गरेको हो ।
सोही नगरपालिकाको तारेभिरस्थित शिवपुरी राष्‍ट्रिय निकुन्जको जंगलमा फागुन २४ गते सुष्माको शव फेला परेको थियो ।
लामालाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १२ : ३४ बजे