७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बाँसगढी ४ का वडाध्यक्ष बास्तोला बलात्कार आरोपमा पक्राउ




कोहलपुर बाँके चैत ९, – बर्दियाको बाँसगढीमा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।
बर्दियाको बाँसगढी नगरपालिका – ४ का वडाध्यक्ष ४६ वर्षीय कृष्णप्रसाद बास्तोला पक्राउ परेका हुन्। २० बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई बिहीबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए।

युवतीको बेलुकी ७ बजे वडाध्यक्ष बास्तोलाविरूद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्। जाहेरी आएपछि हामीले ८ बजेतिर आरोपीलाई पक्राउ गरेका हौं,’ डिएसपी अर्यालले भने। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  १० : ५७ बजे