७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

२२ सहकारी खारेजी गर्ने तयारी



कोहलपुर बाँके चैत ११,- कोहलपुर नगरपालिकाले नगर कार्यपालिका भित्र रहेका २२ सहकारी संस्थालाई खारेजी गर्ने तयारी गरेको छ । कोहलपुर नगरपालिकाले सहकारी संस्थाहरुको विवरण समय(समयमा माग गरिकोमा हाल सम्म सहकारीहरु सम्पर्कमा नआएको र नगरपालिकामा बुझाउनुपर्ने नियमित प्रतिवेदन पेश गरेको नपाइएकोले सहकारी खारेजीका लागि तयारी गरिएको हो ।

कोहलपुर नगरपालिकाका अधिकृत अग्नि प्रसाद आचार्यका अनुसार, नगरपालिकामा बुझाउनुपर्ने नियमित प्रतिवेदन पेश गरेको नपाइएकोले सहकारी चालु अवस्थामा रहे नरहेको समेत यकिन गर्न नसकिएको हुँदा नगरपालिकाको कार्यालयको सहकारी उप(शाखामा १५ दिन भित्रमा सम्पर्कमा आउन सूचना प्रकाशित गरिएको छ ।

अन्यथा सहकारी निष्क्रिय रहेको मानी कोहलपुर नगरपालिकाको सहकारी ऐन २०७४ बमोजिम दर्ता खारेजीका लागि प्रक्रिया अगाडि बढाइने अधिकृत आचार्यले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  १२ : ३४ बजे