७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

दलित समाज अविस्कारको उत्थान हो : नगर प्रमुख खाण




शिवानी विक बाँके चैत १४- दलित समाज अविस्कारको उत्थान भएको तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले बताउनु भएको छ । दलित ज्ञान, सीप र उद्यम, सामाजिक न्याय र सम्वृद्धिको माध्यम भन्ने मुल नाराका साथ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सुरू भएको दलित ज्ञान उत्सवको उद्घाटन सत्रमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

समाजमा दलितको एक छुट्टै भुमिका रहेको भन्दै मेयर खाणले दलितको ज्ञान, सीप र कलालाई जोड्नको लागि दलित रिडर संग जोडिएर काम गरेको बताउनु भयो । विभेदलाई कमी गर्नका लागि दलित ज्ञान उत्सवमा दलित र गैरदलित दुवैलाई सहभागी गराएको बताउनु भयो ।
उक्त अवसरमा बोल्दै दलित रिडरको अध्यक्ष रुक्मणि नेपालीले ‘दलितबारे समाजले निर्माण गरेको भाष्यलाई चिदै दलितको इतिहासबारे पुर्न छलफल गर्न सहयोग पुग्नेछ ।
दलित अल्छि हुन्छन्, फोहोरी हुन्छन्, अशिक्षित हुन्छन्, गरिब हुन्छन् भनेर दलितबारे निर्र्माण गरिएका नकारात्मक कथनहरुबारे विभिन्न विषयगत सत्रहरु वृहत छलफल गरी दलितका समाजिक, आर्थिक, राजनैतिक र सास्कृतिक दृष्टिकोणबाट इतिहासको जरामा पुगि नयाँ भाष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।

उक्त अवसरमा दलित समुदायको पहिचानलाई मान्यता दिने उदेश्यले पन्चेबाजा बजाएर कार्यक्रम उद्घाटन गरिएको छ ।

बुधबार (आज) देखि सुरू भएको दलित ज्ञान उत्सव ३ दिन सम्म संचालन हुने भएको छ । उक्त उत्सवमा २० वटा सेसन हुने भएको छ भने ८० जना वक्ताहरुले आफ्नो धारणा राख्ने भएका छन् । चैत १४, १५ र १६ गते गरिने उत्सवमा समुदायले बनाएका विभिन्न सीपसमेत प्रदर्शन गरिएको छ ।

तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा गरिएको कार्यक्रम लुम्बिनी प्रदेशमा यसप्रकारको उत्सव पहिलोपटक गर्न थालिएको हो ।

उत्सवमा दलित तथा सीमान्तकृत समुदायको सामाजिक न्यायको पक्षमा सहकार्य र हालेमालोका लागि सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज, लेखक, अनुसन्धनदाता तथा पत्रकारहरु यसमा निम्तालु रहेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ७ : ३० बजे