७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

३ लाखको भन्सार छलीको सामान बरामद




कोहलपुर बाँके वैशाख १०, भारतबाट नेपाल तर्फ भन्सार छलि चोरी निकासी पैठारी गरी ल्याएको सामानहरु बरामद गरिएको छ। नेपालगन्ज ४ बसपार्क स्थित गोबिन्द महतको घर अगाडी भारतबाट नेपाल तर्फ भन्सार छलि ल्याइएको ८५ बोरा चामल, ९१ बोरा चिनी, ५ बोरा चक्लेट, डिजिटल तराजु १ थान, बोरा सिलाउने मेसिन १ थान प्रहरीले बरामद गरेको हो।

प्रहरीका अनुसार, उक्त सामानको अन्दाजी मुल्य रु, २,९२, २५०। ( ९दुई लाख बयानब्बे हजार दुई सय पचास० रहेको छ । बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ५ : २५ बजे