६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

आन्दोलन क्रममा गोली लागेर एक जनाको मृत्यु



काठमाडौँ पुस १३- ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो । मृतक पुरुष हुन् ।

किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले घाइते भएर ल्याइएका एक पुरुष घाइतेको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे । मृतकको पहिचान खुल्न बाँकी रहेको उनले बताए ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ८ : २६ बजे