७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

डुंगा दुर्घटना, ५ जनाको सकुशल उद्धार




कोहलपुर बाँके वैशाख १२ – पोखराको फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । हिजो दिउँसो अचानक हावाहुरी चल्दा डुंगा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेका काठमाण्डौ महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षीय बिक्रम मिकरानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया अनैजा दिल शाह, ८ वर्षीया रजिना खातुन र अन्दाजी डेढ वर्षीया मिरा रानी फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए ।

यसअघि चैत्र २९ र २५ गते पनि फेवातालमा हावाहुरीका कारण डुंगा पल्टिएको थियो । दुर्घटनामा परेका एक पुरुष र महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ५ : २० बजे