७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको बस दुर्घटना : १२ जना घाइते




कोहलपुर बाँके वैशाख १८,-
बाँकेको नेपालगञ्जबाट जाजरकोटको बारेकोट जाँदै गरेको रात्रिबस सुर्खेतमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। सुर्खेतको सिम्ता गाउँपालिका–३ मा ना ४ ख ९३१७ नम्बरको बस मंगलबार बिहान दुर्घटना भएको हो।

इलाक प्रहरी कार्यालय सिम्ताका अनुसार घाईते हुनेहरुमा रुकुम पश्चिमका ६ जना र जाजरकोटका ६ जना छन् । घाइतेमध्ये एक महिलाको टाउकोमा चोट लागेको छ। अन्यको अवस्था सामान्य रहेको बताइएको छ । उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भएको छ।

सबै जना घाईतेको अहिले सिम्ता गाउँपालिका ६ मा रहेको शाही शिवालय सामुदायिक हस्पिटल एण्ड डायग्नोष्टिक सेन्टरमा उपचार भइरहेको छ।

सोमबार बेलुकी नेपालगञ्जबाट छुटेको बस आज बिहान ३ बजे दुर्घटना भएको हो। बसमा १९ जना यात्रु सवार थिए। बस चालकलाई नियन्त्रणमा लिईसकेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ५ : ३० बजे