७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आईपीएल क्रिकेटमा दिल्ली र राजस्थान खेल्दै



काठमाण्डौ बैशाख २५, – इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दैछन् ।

यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । राजस्थान १० खेलमा १६ अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा र दिल्ली ११ खेलमा १० अङ्कसहित छैटौँ स्थानमा छ ।

राजस्थान आईपीएल पहिलो सिजनको विजेता तथा सन् २०२२ को उपविजेता टोली हो । दिल्लीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । दिल्ली सन् २०२० मा उपविजेता बनेको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १० : ३२ बजे