७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पहिलोपटक कोहलपुरमा नमुना नगरसभा सुरु



कोहलपुर बाँके वैशाख २८- बाँकेमा पहिलो पटक नमुना नगरसभा अभ्यास २०८१ आज (शुक्रबार )बाट सुरु भएको छ । “अवसर हामीलाई दिनुहोस्, परिवर्तन सबैका लागि ल्याउने छौं´´ भन्ने मूल नाराका साथ सुरु
भएको सभामा कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले नीति तथा निर्माणमा युवाहरूको अर्थपूर्ण सहभागी हुन आवश्यक रहेको कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले बताउनु भएको छ ।
युवाहरूको लागि कोहलपुर नगरपालिका सक्रिय भएर युवा लक्षित कार्यक्रमहरू गर्न प्रतिवद्ध रहेने बताउँदै युवाहरूलाई सामाजिक, आर्थिक, र राजनैतिक क्षेत्रमा मेरुदण्डको रुपमा उभिन आग्रह गर्नु भएको छ । यस्ता कार्यक्रमहरुले युवाहररूलाइ रचनात्मक तर्फ जोडिन सहयोग पुग्ने धारणा राख्नु भएको छ ।

कार्यक्रमको विषयमा प्रष्ट पार्दै कोहलपुर नगर युवा संजालका अध्यक्ष रमेश वरले लुम्बिनी प्रदेशमा तेस्रोपटक कोहलपुरमा नमुना नगरसभा गरिएको जानकारी गराउँदै बजेट निर्माण तहमा युवाहरूको अर्थपूर्ण सहभागी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

यस्तै कोहलपुर नगरपालिकाकि उपमेयर संगिता सुवेदीले कार्यक्रममा सक्रिय सहभागी रहन आग्रह गर्दै कोहलपुर नगरपालिकामा किशोरी संजाल गठन गरिने बताउनु भएको छ । जसले गर्दा किशोरीहरूको समस्या सहजरूपमा समधान गर्न सकिने बताउनु भएको छ ।

उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलक राज ढकालले यस्तो कार्यक्रमले भविष्यमा युवाहरूले जुनसुकै क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने र अवसर प्राप्त गर्न सकिने बताउनु भयो ।

कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद बिश्वकर्माले शुभकामना मन्तव्य राख्दै राजनैतिक, आर्थिक, सामाजिक र भौतिक रूपमा युवाहरूको अनिवार्य सहभागी हुन आवश्यक रहेको बताउनु भयो । कोहलपुर नगरपालिकाले गर्ने हरेक कार्यक्रममा युवाहरूलाई सहभागी गराइने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

४ दिन सम्म चल्ने उक्त सभामा कोहलपुर नगर क्षेत्रका ६१ जना युवा सहभागी रहेका छन्

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ४ : १५ बजे