७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मोटरसाइकल चोरी गर्ने नेपालगन्जबाट चार जना पक्राउ




कोहलपुर बाँके वैशाख २९,- नेपालगन्जबाट मोटरसाइकल चोरी गर्ने चार जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले मोटरसाइकल चोरी गरेका र चोरी गर्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बैशाख २४ गते नेपालगन्ज(१८ बिशालनगरबाट भे १ प ५९९३ नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा बर्दियाको बढैयाताल गाउँपालिका(२ का निर्मल सुनारलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिएका छन् । त्यसैगरी बैशाख २७ गते नेपालगन्ज(१२ कोरियनपुरबाट चोरी भएको भे ३ प ६०८ नम्बरको स्प्लेन्डर मोटरसाइकललाई नेपालगन्ज(१० गणेशमान चोक नजिक चलाइरहेको अवस्थामा बर्दियाको गुलरिया नगरपालिका(६ का मनोज रावतलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको डीएसपी डाँगीले बताए ।

बैशाख २८ गते बिहान ४ बजे जानकी गाउँपालिका(४ बाट भे १ प ३४४७ नम्बरको मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा खजुरा गाउँपालिका(७ का टुइन्क लस्टर श्रीवास्तव र सोही स्थानकै लक्ष्मण हरिजनलाई त्यसै दिन पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ । त्यस्तै जिल्ला प्रहरी बाँकेले लु ३७ प ७७७ नम्बर ९इन्जिन नं। व्ब्ण्छभ्ऋभ्ढःज्ञद्दद्दडट र चेसिस नं। ःद्यीव्ब्ण्छभ्ःज्ञद्दढढद्द० को मोटरसाइकल फेला पारेको जनाएको छ । मोटरसाइकल धनी फेला नपरेकोले उक्त मोटरसाइकलको कागजपत्रसहित जिल्ला प्रहरी कार्यालय बाँके आएर लैजान अनुरोध समेत गरेको छ ।

बाँके प्रहरीले पक्राउ परेका चारै जनालाई चोरी कसुरमा अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ९ : ३६ बजे