७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

क्रिकेटर सन्दीप लामिछाने निर्दोश ठहर




काठमाण्डौ जेठ २,– क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले आज क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा निर्दोष ठहर गर्दै सफाइ दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाण्डौको फैसला उल्ट्याउँदै सन्दीपलाई निर्दोष ठहर गरेको हो ।

यसअघि बलात्कारको कसुरमा दोषी ठहर गर्दै सन्दीपलाई जिल्ला अदालत काठमाण्डौले आठ वर्ष कैद र पाँच लाख जरिबानाको सजाय सुनाएको थियो । यो फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

२०७९ सालको भदौ २१ गते गौशाला २६ ९नाम परिवर्तन० ले जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् ।

उच्च अदालतको यो फैसलासँगै सन्दीपले टी–२० विश्वकप क्रिकेट खेल्ने बाटो खुलेको छ । जिल्ला अदालतले दोषी ठहर्‍याएपछि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले उनलाई निलम्बनमा राखेको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  १२ : २२ बजे