७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

राप्तीमा एमबिबिएस पढाउने तयारी गरीदै




दाङ जेठ ९ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थापना भएको सात वर्षपछि एमबिबिएस तहको अध्यापन गराउने तयारी गरेको छ । आगामी शैक्षिक सत्रदेखि अध्यापन गराउने गरी एमबिबिएस कार्यक्रमको पाठ्यक्रमसमेत तयार गरेको छ ।

चिकित्सा शिक्षा आयोगसहित आठ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यशाला गोष्ठीले तयार पारेको पाठ्यक्रमलाई अन्तिम रूप दिइएको प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार यही शैक्षिक सत्रदेखि नै एमबिबिएस कक्षा सञ्चालन गर्ने तयारी छ । त्यसका निम्ति चिकित्सा शिक्षा आयोगबाट हुने सेल्फ अप्राइजल पास, अत्याधुनिक ल्याब, पूर्वाधार तथा जनशक्तिको तयारीमा प्रतिष्ठान जुटेको छ ।

एमबिबिएसकै लागि फ्याकल्टी निर्माणदेखि लेक्चरर, असिस्टेन्ट प्रोफेसर, एसोसियट प्रोफेसर र प्रोफेसरलाई प्रतिष्ठानमा ल्याउने काम भइरहेको छ । रजिस्ट्रार लम्सालले भन्नुभयो, “सकेसम्म यही शैक्षिक सत्रदेखि एमबिबिएस कक्षा सञ्चालनको तयारी गरेका छौँ, महत्वपूर्ण पाटो पाठ्यक्रम हो, पाठ्यक्रम निर्माण भइसकेको छ, अब अन्तिम रूप दिइन्छ ।”

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ८ : ५२ बजे