७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बैङ्किङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ



कोहलपुर बाँके जेठ १४, बाँकेमा बैङ्किङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन। बाँके राप्तिसोनारी गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष ३६ को असोक कुमार थारु बैंकिङ कसुर मुद्दामा पक्राउ परेका हुन ।

प्रहरीका अनुसार, थारुलाई बैङ्किङ कसूर मुद्दामा बाँके जिल्ला अदालतको २०७६ चैत्र ४ गते, २०७८ भाद्र २४ गते र २०८० कार्तिक २१ गतेको मितिले १ वर्ष १५ दिन कैद र १२,७५,०००।– ९बाह्र लाख पचहत्तर हजार० जरिवाना तोकिएकोमा निज प्रतिवादी हाल सम्म फरार रहेका थिए ।

उनलाई पक्राउ गरी आईतबार बाँके जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ७ : २० बजे