७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

दिल्लीमा आगो लागेर नवजात शिशुले ज्यान गुमाएको अस्पताल अवैध रूपमा सञ्चालन




एजेन्सी जेठ १५,-भारतको राजधानी दिल्लीमा गएको शनिवार आगलागीबाट सात नवजात शिशुले ज्यान गुमाएको बाल अस्पताल अनुमतिविना नै अवैध रूपमा सञ्चालन भएको पाइएको छ । विवेक बिहार क्षेत्रमा रहेको बाल अस्पतालको स्वामित्व भएका व्यक्ति र त्यति बेला काममा खटिएका डाक्टरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो ।

अस्पतालका निर्देशक डा। नविन किची र डा। आकाश नामका व्यक्तिलाई ज्यान मार्ने उद्योग गरेको अभियोग छ । अनुसन्धानकै क्रममा अस्पतालमा आगो नियन्त्रण गर्ने साधन स्रोत र आपत् आइपर्दा बाहिर निस्किन चाहिने आकस्मिक द्वार पनि नभएको फेला परेको छ ।

अस्पतालको ुनो अब्जेक्सन सर्टिफिकेटु अर्थात् सञ्चालन गर्न पाउने अनुमतिपत्र गएको मार्च ३१ तारिखमा नै सकिएको प्रहरी अधिकारीलाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ । १५ मिटरभन्दा अग्ला अस्पताल भवनका लागि आगलागीसँग सम्बन्धित सुरक्षा मापदण्ड पूरा गरेको छ भनेर प्रमाणित गर्ने प्रमाणपत्र पनि चाहिन्छ ।

आगलागी हुँदा अस्पतालमा भर्खर जन्मिएका १२ जना शिशु थिए । जीवित पाँच जना शिशुलाई उपचारका लागि अर्को अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ७ : ०१ बजे