७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

भन्सार छलीको सामान र काठसहित २ जना पक्राउ



बर्दिया १८ जेठ, बर्दियाको छुट्टछुट्टै स्थानबाट भन्सार छलीको सामान र काठसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। बर्दिया गुलरीया नगरपालिका थपुवा स्थित भारतबाट भन्सार छलि अवैध रुपमा नेपाल तर्फ ल्याई वेवारिसे अवस्थामा रहेको किराना सामान मुल्य रु९५६०। ( ९नौ हजार पाँच सय साठी बराबरको सामान प्रहरी चौकी सुरजपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बरामद गरेको प्रहरीले जनाएको छ।

यस्तै बर्दिया गुलरिया नगरपालिका ७ कृष्णसार रिसोर्ट नजिकैबाट सोही ठाउँ बस्ने बर्ष ३२ को प्रकाश निषाद र वर्ष ३२ को तिलकराम गोडियाले भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ३ ईन्च मोटाई ४ ईन्च चौडाई ६ फुट लम्बाई भएको ८ वटा साल जातको काठ प्रहरीले नियन्त्रणमा लिएको हो।

बरामदका सामान राजापुर भन्सार कार्यालय बर्दियामा र बरामदका काठ डिभिजन वन कार्यालय गुलरिया बर्दियामा बुझाउने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ९ : २२ बजे