७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बाँकेमा महिला क्याम्पस स्थापना



कोहलपुर बाँके असार १२, – बाँकेको नेपालगञ्जमा महिला क्याम्पस स्थापना भएको छ । विशेषगरी मधेशी र मुस्लिम समुदायका किशोरीलाई लक्षित गरी स्थापना गरेको मङ्गलप्रसाद महिला कलेजमा अध्ययन गर्न आउनेहरूको आकर्षण बढेको छ ।

४० कोठे भवन निर्माण गरी पठनपाठन सञ्चालन गरिएको कलेजका प्रमुख रवीन्द्रकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार महिला कलेजमा छात्रावासको व्यवस्थासमेत गरिएको छ । कलेजले अहिले बीबीएच, चार वर्षे बीएड र बीएससीका कक्षा सञ्चालन गर्दै आएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजले न्यूनतम शुल्कमा गुणस्तरीय र किशोरीमैत्री वातावरणमा अध्यापन गराउँदै आएको प्रमुख कर्णले बताउनुभयो । एक सय ३० किशोरीले विभिन्न सङ्कायमा अध्ययन गरिरहेका छन् ।

प्रकाशित मिति : १३ असार २०८१, बुधबार  १० : ४१ बजे