७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सात बुँदे प्रतिबद्धता पत्र जारी गर्दै सिन्धुलीगढी सम्पदा संरक्षण संवाद सम्पन्न



काठमाण्डौ असार १५, – सात बुँदे प्रतिबद्धता पत्र २०८१ जारी गर्दै सिन्धुलीगढी सम्पदा संरक्षण संवाद सम्पन्न भएको छ । समृद्ध सिन्धुली अभियान र होटल सङ्घ नेपाल सिन्धुलीद्वारा हिजो सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा गढीको इतिहास सम्पदाको अवस्था र पर्यटन विकासका सन्दर्भमा बृहत् छलफल भएको थियो ।

सिन्धुलीगढीको सम्पदा संरक्षण संवादमार्फत नागरिकको आवाज संसद्, सरकार र संरक्षण निकायसम्म लैजान प्रयास भएको सहभागी सौरव ढकालले बताउनुभएको छ ।

भेलाले सिन्धुलीगढीमा जथाभाबी निर्माण भएका संरचना हटाउन र नागरिक तहको छलफलमार्फत संरक्षण गुरुयोजना तयार पार्नुपर्ने र पौवागढीबाट सिन्धुलीगढी हुँदै चपौलीतिर जाने बाटो आउजाउका लागि खुला गर्नुपर्ने घोषणापत्र जारी गरेको छ ।

यस्तै ऐतिहासिक गढी किल्ला, सम्पदाको संरक्षणका लागि नेपाल सरकारले तयार पारेको नीति निर्देशन अनुशरण गर्न, रानीमहल दरबारलाई युद्ध सङ्ग्रहालयका रूपमा विकास गरी संरक्षण गर्न, गढीको सम्पदा संरक्षणमा स्थानीयको सहभागितालाई सुनिश्चितता गर्न, कप्तान किनलक मार्गका रूपमा प्रस्ताव गरिएको नाम हटाएर स्थानीयवासीको छलफलबाट पदमार्गको नामाकरण गर्न र असोजको १५ गते सिन्धुलीगढी विजय दिवस मनाउन भेलाको माग रहेको छ ।

प्रकाशित मिति : १६ असार २०८१, शनिबार  ११ : २३ बजे