६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

सातदोबाटोमा हुने पौडी प्रतियोगितामा ३ सय ५१ जना खेलाडीले ६५ वटा विधामा प्रतिस्पर्धा गर्ने



काठमाण्डौ असार २०, – ‘विश्व अक्वाटिक्स डे’ को अवसरमा नेपाल पौडी सङ्घले यही असार २२ र २३ गते आयोजना गर्ने प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनशिपको तयारी पूरा भएको छ ।

सङ्घका सचिव गङ्गालाल गोलेका अनुसार ३ सय ५१ जना खेलाडीले विभिन्न ६५ वटा विधामा प्रतिस्पर्धा गर्नेछन् । ललितपुरको सातदोबाटोमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हिटिङ पौडी पोखरीमा हुने प्रतियोगिता हुनेछ ।

विभिन्न उमेर समूह र खुला गरी ६५ वटा विधामा खेलाइने प्रतियोगितामा सबै भन्दा कम उमेरका ८ वर्षमुनिको उमेर समूहमा ६ वर्षका खेलाडीको पनि सहभागिता रहने छ । खेलाडीहरूको सहजताका लागि सङ्घले डिजिटल रजिस्ट्रेशनको व्यवस्था गरेको थियो ।

सङ्घको गएको वैशाख ८ गते सम्पन्न अधिवेशनपछि नयाँ कार्यसमितिले आयोजना गर्न लागेको प्रथम प्रतियोगितामा खेलाडीको उत्साहजनक सहभागिताले पौडी खेलको विकास र विस्तारमा आफूहरूलाई थप जिम्मेवार बनाएको छ सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले बताए ।

प्रकाशित मिति : २१ असार २०८१, बिहिबार  १२ : ०६ बजे