७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

प्रधानमन्त्रीलाई दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न एमालेको आग्रह



काठमाण्डौ असार २०, – नेकपा एमालेले अल्पमतमा परेकाले महत्त्वपूर्ण र दीर्घकालीन महत्त्व राख्ने कुनै पनि निर्णय नगर्न सरकारलाई सचेत गराएको छ ।

महासचिव शंकर पोखरेलले आज एक विज्ञप्ति निकालेर एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परिसकेकोले महत्त्वपूर्ण र दीर्घकालीन महत्त्वका निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ । कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था पनि नरहेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेससँग मिलेर सरकार बनाउने सहमति भएसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने एमालेबाट सरकारमा रहेका ८ जना मन्त्रीले राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति : २१ असार २०८१, बिहिबार  १२ : ३५ बजे