६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

धान रोप्न क्रममा चट्याङ लागेर राप्तीसोनारीमा तीन जना घाइते



कोहलपुर बाँके असार २५- बाँकेको राप्तीसोनारी गाउँपालिका-२ कचनापुरमा धान रोप्न क्रममा चट्याङ लागेर तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा राप्तीसोनारी गाउँपालिका हरिहरपुरका ३२ वर्षका सम्झना विक, बसन्ती उपाध्याय र शलिना केसी रहेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुुख डिएसपी धर्मराज भण्डारीका अनुसार घाइतेलाई उपचार गर्नका लागि कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भखरै ल्याइएको कोहलपुर टुडे डटकमलाई जानकरी दिए ।

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार  ३ : ४२ बजे