७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नाबालिगहरू लाई यौन क्रियाकलापमा लगाएको अभियोगमा २ जना पक्राउ



काठमाण्डौ असार २६, – नाबालिगहरूलाई यौन क्रियाकलापमा लगाएको अभियोगमा दुई जनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले भक्तपुरबाट पक्राउ गरेको छ ।

टोलीले सिन्धुलीको हरिहरपुर गाउँपालिका–१ का ३३ वर्षीय वीरबहादुर सिन्तान र २५ वर्षीय सुबिलाल सिन्तानलाई मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडीबुटीबाट पक्राउ गरेको हो ।

सिन्धुली होटल ढिँडो सर्भिस एन्ड गेस्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानीको प्रलोभनमा पारेर गेस्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बुधबार  १० : ४० बजे