६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

काठमाण्डौ महानगरको आग्रहः नदी किनारा र पानी जमेको सडकमा नजाऔँ



काठमाण्डौ असार २८ – लगातारको वर्षाका कारण काठमाण्डौका नदीहरुमा पानीको प्रवाह उच्च भएकोले सतर्कता अपनाउन काठमाण्डौ महानगरले आग्रह गरेको छ । केही ठाउँमा ठूलो पानी परिरहेकाले बस्ती डुबान, जमिन कटान, जनधनको क्षतिको जोखिम बढेको भन्दै मेयर बालेन्द्र शाहले जोखिम क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गर्नुभएको हो ।

उहाँले नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजान, पानी जम्मा भएको सडकमा आफू पनि नजान र गाडी पनि नलैजान अनुरोध गर्नुभएको छ । यस्तै उहाँले कोरिडोर, सडक किनारा, सडक तथा गल्लीमा गाडी पार्किङ नगर्न र अनावश्यक सामान राखेर आवागमनमा अवरोध नगर्न सामाजिक सञ्जालमार्फत सबैलाई आग्रह गर्नुभएको छ ।

मेयर शाहले मनसुनजन्य विपत् आइपरेमा र जोखिम बढेमा तत्काल जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, काठमाण्डौ महानगरपालिका र महानगर प्रहरी बललाई खबर गर्न पनि सुझाव दिनुभएको छ ।

प्रकाशित मिति : २९ असार २०८१, शुक्रबार  ६ : ०० बजे