६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

प्रचण्डको जवाफ ः मैले आवेग र भावनामा आफ्नो कुरा राखेको होइन




काठमाडौँ असार २८ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विश्वासको मत लिने प्रक्रियामा राखेको अभिव्यक्ति आवेग र भावनामा नराखेको बताएका छन् । शुक्रवार विश्वासको मत लिने क्रममा विभिन्न दलका सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै उनले आफ्नो सरकारले सबै चमत्कार नगरे पनि धेरै कुराहरूमा प्रयास गरेको उल्लेख गरे ।

आफूले दलको तर्फबाट चिन्ता गम्भीरतापूर्वक सोची सम्झी राखेको कुरा राखेको त्यो आवेग र भावनामा नराखेको उनले बताए । आफूले पाएको धेरै हन्डर ठक्कर र निष्कर्षको रूपमा आफ्ना भनाई राखेको बताए ।

देशलाई कता लैजाने भन्ने मुख्य थलो नै संसद् र नेताहरू नै रहेको बताए । आफ्नो सरकारले सुशासन, सामाजिक न्याय, समृद्धिको पक्षमा, अन्तर्राष्ट्रिय सम्बद्ध सुधारका लागि प्रयास गरेको उल्लेख गरे । उनले दलका प्रतिनिधिहरूले उठाएका प्रश्नहरूको जवाफ दिन आवश्यक नरहेको बताए ।

प्रकाशित मिति : २९ असार २०८१, शुक्रबार  ११ : १६ बजे