६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

उपकुलपति नियुक्तिको आह्वान सूचना त्रिविले रद्द गर्यो



काठ्माण्डौं पुस २२, त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आह्वान गरिएको सूचना रद्द गरिएको छ । गत शुक्रबार जारी भएको सूचनामा रहेका बुँदाको आलोचना भएपछि प्रधानमन्त्रीले तत्काल दरखास्त आह्वान रद्द गर्न निर्देशन दिएका थिए । सोही अनुसार विश्वविद्यालयले आज सूचना प्रकाशित गरेर सूचना रद्द गरेको हो ।


छनोट तथा सिफारिस समितिले प्रकाशन गरेको सूचनामा ‘विश्रुवविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको वर्ष, महिना र दिनसमेत व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नुपर्ने उल्लेख थियो ।


सो बुँदाले योग्य व्यक्ति उपकुलपति बन्ने बाटोबाट बञ्चित भएको भन्दै आलोचना भएको थियो । त्यसपछि प्रधानमन्त्री दाहालले पदाधिकारीमा ३ वर्षे अनुभव नराख्न निर्देशन दिएका थिए । प्रधानमन्त्री त्रिविका कुलपति हुन् ।

विज्ञापनमा तोकिएको उक्त योग्यताले पूर्व पदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री दाहालले त्रिविको उपकुलपतिमा राजनीतिक नियुक्ति नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : ४१ बजे