६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

अस्ट्रेलियाले भारतलाई उछिन्दै टेस्ट वरीयताको शीर्ष स्थानमा




काठमाडौं पुस २२, अस्ट्रेलिया आईसीसीको टेस्ट क्रिकेट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । आईसीसीको पछिल्लो वरीयतामा भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट क्रिकेटको वरीयतामा पहिलो नम्बरमा पुगेको हो । यस्तै भारत टेस्ट वरीयताको दोस्रो स्थानमा छ । यसैगरी इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा यथावत् छन् ।

एकदिवसीय र टी–२० वरीयतामा भने भारत शीर्ष स्थानमै छ । एकदिवसीयको दोस्रो वरीयतामा अस्ट्रेलिया र तेस्रोमा साउथ अफ्रिका रहेका छन् ।

टी२० क्रिकेटको दोस्रो वरीयतामा भने इंग्ल्याण्ड रहेको छ । न्यूजिल्याण्ड टी२० वरीयताको तेस्रो स्थानमा रहेको छ ।

टेस्ट वरीयताको ब्याटरतर्फ न्युजिल्यान्डका केन विलियमसन शीर्ष स्थानमा यथावत् छन् । यस्तै इङ्ग्ल्यान्डका जोए रुट दोस्रो र अस्ट्रेलियाका स्टेभेन स्मिथ तेस्रो स्थानमा यथावत् छन् । टेस्ट वरीयताको बलिङतर्फ भारतका रविचन्द्रन अश्विन, दक्षिण अफ्रिकाका कागिसो रबाडा र अस्ट्रेलियाका प्याट कमिन्स क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा यथावत् छन् ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : ४८ बजे