६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

राष्ट्रपती रनिङसिल्डका लागी तेक्वान्दोमा बैजनाथका १२ खेलाडी छनौट




कोहलपुर बाँके माघ ५ :बैजनाथमा जारी दोश्रो उप-प्रमुख खप तथा जिल्ला स्तरीय राष्ट्रपती रनिङसिल्ड प्रतियोगिता-२०८० मा यस बर्ष बैजनाथ खेलकुद बिकास समितिले मार्सल आर्ट खेल सहभागि बनाए लगतै छनौट प्रतियोगिता बाट जिल्ला स्तरीय राष्ट्रपती रनिङसिल्डका लागी त्याकन्दोका १२ स्वर्ण बिजेता खेलाडी छनौट भएका छन् ।
बैजनाथ खेलकुद बिकास समिति मार्सल आर्ट संयोजक दल बहादुर बि क को संयोजकत्वमा मार्सल आर्ट प्रतियोगिता सप्पन्न भएको हो। बैजनाथका विद्यालयहरुमा अध्ययनरत कराते र त्याकन्दोका खेलाडी विद्यार्थीहरुलाई आयोजकले सहभागी गराएको थियो।
शुक्रबार भएको त्याकुन्दोको फाईनल खेलमा यस प्रकारका विद्यार्थीहरुले आफ्नो स्थान सुरक्षीत गर्न सफल भएका छन्:
छात्र अन्डर ५९ केजी तौलमा प्रभातका सौरब सुनार प्रथम कृयटिभका बिरेन्द्र सुनार द्वितीय र सुर्योदयका बिजय खान तृतीय स्थान हासिल गर्न सफल भएका थिए।
छात्र अन्डर ५५ केजी तौलमा प्रथम प्रभातका निर्णय गौरी मगर द्वितीय दिपज्योती चिसापानीका प्रसान्त सोनी तृतीय समाबेसीका हेमराज खड्का र बिपि मेमोरियलका बिशाल सुनार त्यसैगरी ५१ केजी तौलमा प्रथम क्रियटिभका राज कुमार शाही द्वितीय स्काईल्याण्डका रिजन थापा तृतीय सरस्वती माबिका बिनोद रोकाय र प्रभातका खेम बहादुर रोकाय त्यसैगरी अन्डर ४५ केजी तौलमा प्रथम सरस्वती माबिका नितेश दर्लामी द्वितीय प्रभातका लक्ष्मण बस्नेत स्काईल्याण्डका नबराज सिंह ठकुरी र नेरामाबि नौवस्ताका पुर्ण बहादुर थापाले तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
छात्र तर्फ ४८ केजी तौलमा प्रभातका अनुल थारु प्रथम नेरामाबि नौवस्ताका निशान्त शर्मा द्वितीय सुर्योदयका अनिल बि क र डाईनामिकका समिर परियारले तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
छात्रा तर्फ ५२ केजीमा जनता आदर्शका भुमिका सलामी प्रथम सुर्योदयका अमृता बस्नेत द्वितीय र हिमालयका सन्ध्या सुनार तृतीय त्यसैगरी सुर्योदयका प्रेरणा श्रीपाल जनता आदर्शका अनुजा बि क द्वितीय हिमालयका रेनुका बुढा मगर
तृतीय त्यसैगरी ४६ केजी तर्फ नेरामाबिका उमा कुमारी क्षेत्री प्रथम स्काईल्यान्डका बिन्दु रायमाझी द्वितीय हिमालयकी सिन्दिपा थापा र प्रभातका सिमरण घर्ती मगर तृतीय त्यसैगरी छात्रा ४९ केजी तौलमा सुर्योदयका प्रेरणा श्रीपाल प्रथम जनता आदर्शका अनुजा बि क द्वितीय र हिमालयका रेनुका बुढा मगर तृतीय त्यसैगरी छात्रा तर्फ ४४ केजी तौलमा सुर्योदयका प्रेमीका बस्नेत प्रथम प्रभातका एलिना भण्डारी द्वितीय त्यसैगरी छात्रा ४२ केजी तौलमा सरस्वती माबिका सर्मिला चुनारा प्रथम बि पि मेमोरियलका अन्जली रोकाय द्वितीय हिमालयका करिस्मा थापा र प्रभातका सोभिता घर्ती मगर तृतीय भएकी छन् ।
छात्रा तर्फ पुङ्से (काता)सुर्योदयका प्रेरणा श्रीपाल प्रथम बि पि मेमोरियलका अन्जली रोकाय द्वितीय र बागेश्वरी माबिका निर्मला बस्नेत तृतीय स्थान हासिल गरेकी छन् ।
छात्र तर्फ पुङ्से (काता)सरस्वती मा बि नितेश दर्लामी प्रथम नेरामाबि नौवस्ताका पुर्ण बहादुर थापा द्वितीय र डाईनामिकका हार्दिक सोनामले तृतीय स्थान हासिल गरेका छन् ।
बाँके जिल्ला त्याकन्दो संघ नेपाल अध्यक्ष राष्ट्रिय त्याकन्दो संघ नेपालको मास्टर एवं बैजनाथ गाउँपालिका खेलकुद बिकास समिति सदस्य मार्सल आर्ट संयोजक दल बहादुर बि क ले बाँकेका सबै स्थानीय तहमा मार्सल आर्ट बिधालाई सहभागी गराईएकोमा आगामी दिनमा जिल्लामा हुने राष्ट्रपती रनिङसिल्डमा उत्कृष्ट खेल प्रदर्शन गर्न बैजनाथका स्वर्ण पदक बिजेताहरुलाई बैजनाथ खेलकुद बिकास समिति मार्सल आर्ट संयोजक बि क ले सफलताको शुभकामना ब्यक्त गर्नुभएको छ।
मार्सल आर्ट खेलाडीलाई जिल्लाको लागी तयारी गर्न अझै परिश्रम गर्न आवश्यक भएकोले छनौट भएका खेलाडीहरुलाई स्थानीय सरकारको सहयोगमा तालीमको ब्यवस्थापन गरेर आगामी जिल्लामा हुने खेलमा उत्कृष्ट प्रदर्शन गराउन मार्सल आर्टका लागी छुट्टै मार्सल आर्ट एकेडेमी संचालन गरिने संयोजक दल बहादुर बि क ले बताउनुभयो ।स्थानीय सरकार बाट खेलाडीहरुलाई आवश्यक भरपुर सहयोग गरिने बैजनाथ खेलकुद बिकास समिति संयोजक महाबिर थारुले जानकारी दिदै थप्नुभयो।गतबर्ष जिल्लामा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीहरुलाई नगत सहित प्रोत्साहन गरेकोले यो बर्ष पनि उत्कृष्ट खेल प्रदर्शन गरेर जिल्लामा उत्कृष्ट हुने खेलाडीलाई नगत सहित सम्मान गर्ने संयोजक थारुले घोषणा गर्नुभएको छ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ५ : ४५ बजे