६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

कटन क्यान्डीमा अखाद्य रङ्ग पाइयो, उपभोग नगर्न विभागको आग्रह



काठमाण्डौ माघ ८ – शहर बजारमा बालबालिकालाई लक्षित गरेर बिक्री भइरहेको ुकटन क्यान्डीु मा अखाद्य रङ्ग प्रयोग गरिएको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको प्रयोगशाला जाँचबाट ुकटन क्यान्डीु मा मानव स्वास्थ्यमा अवसर गर्ने अखाद्य रङ्ग प्रयोग गरेको पुष्टि भएको हो । आज विभागले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘खुलारूपमा बिक्रीरवितरण भइरहेको रङ्गीन कटन क्यान्ड मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ्ग रोडा माइन बीको प्रयोग भएको पाइएको छ ।’

विभागले अनुज्ञापत्र प्राप्त गरी लेबल लगाएका बाहेक खुलारूपमा बिक्रीरवितरण गरिएको ुकटन क्यान्डीु को उपभोग नगर्न तथा नगराउन अनुरोध गरेको छ । काठमाण्डौलगायत विभिन्न ठाउँहरूका सडकपेटी, बजार, मेला लगायतमा यस्ता ुकटन क्यान्डीु बिक्री भइरहेका छन् । ( उज्यालो )

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ११ : २३ बजे